कात्तिक १२, स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी एमाले फेदीखोला गाउँ कमिटीको अध्यक्षमा घनश्याम सुवेदी निर्वाचित हुनुभएको छ ।
मंगलबार सम्पन्न भएको गाउँ कमिटीको प्रथम अधिवेशनबाट सुवेदी निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
गाउँ कमिटीको उपाध्यक्षमा दुर्गादत्त शर्मा सचिवमा हर्कबहादुर कार्की उपसचिवमा डिबी मिजार र चेतन शर्मा निर्वाचित भएको नेकपा एमाले फेदीखोला गाउँ कमिटीले जनाएको छ ।