कार्तिक १२, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पैयूँ गाउँकमिटीकोे अध्यक्षमा चोकलाल न्यौपाने निर्वाचित हुनुभएको छ । मंगलबार भएको नेकपा एमाले पैयूँ गाउँकमिटिको प्रथम अधिवेशनबाट सर्वसहमतिमा न्यौपाने अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
नवनिर्वाचित कमिटिको उपाध्यक्ष बिष्णु काफ्ले, सचिब जिबलाल बसेल,उप–सचिब ज्ञान सुब्बा क्षेत्री र उप– सचिबमा बालकुमार क्षेत्री निर्वाचित भएका छन ।
नव निर्वाचित अध्यक्ष न्योपानेले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा सबैको भावना र मर्मलाई समेटेर पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने बताउनुभयो ।
साथै उहाँले एमालेलाई आगामी निर्वाचनमा पैयूँ गाउँपालिकामा जित गराउनु पर्ने जिम्मा आफ्नो काधमा आएको भन्दै आफ्नो कार्याकालमा जित सुनिश्चित गराउन लागि पर्ने बताउनु भयो ।