पैयुँ, स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट किसानहरुका लागि ४७ लाख भन्दा बढि रकम वितरण गरेको छ । गएको आर्थिक वर्षमा गल्याङका किसानहरुले दुध विक्रीबाट गरे अनुसार ४७ लाख १२ हजार दुई सय ७७ रुपैयाँ अनुदान प्राप्त गरेका हुन् ।
दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएको गल्याङ नगरपालिकाले विभिन्न १६ वटा दुध संकलन केन्द्र एवम् फर्म मार्फत किसानलाई यो रकम वितरण गरेको हो । गल्याङमा दुग्ध विकास संस्थानले तोकेको दर भाउमा किसानले विक्री गरेपछि त्यस बाहेकको १५ रुपैयाँ नगरपालिकाले अनुदान दिदै आएको छ ।
अनुदान रकम दिदै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानलाई आत्मनिर्भर बनाउँदै व्यवसायिक बनाउनका लागि दिइएको अनुदान प्रभावकारी बनेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले ‘दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसान उत्साहित भएको पाएको बताउनु भयो । अझै उत्पादन बढ्ने क्रममा छ ।’