Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आउँदो फागुन १८ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

आउँदो फागुन १८ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

  • PNN Times
  • आइतवार, कार्तिक १४ २०७८


  • आउँदो फागुन १८ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

     नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

    आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

    images

    विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिन माग गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सचलन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

    विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक सत्र प्रारम्भ परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ । त्यस्तै सेमेस्टरको हकमा महिनाभित्र र वार्षिक परीक्षाको हकमा ३ महिनाभित्र परीक्षाफल प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

    आइतवार, कार्तिक १४ २०७८०३:२८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend