Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विद्यार्थी नेता टिआरद्वारा जन्मदिनको अवसरमा आर्थिक सहयोग

विद्यार्थी नेता टिआरद्वारा जन्मदिनको अवसरमा आर्थिक सहयोग

  • PNN Times
  • बुधवार, कार्तिक २४ २०७८


  • विद्यार्थी नेता टिआरद्वारा जन्मदिनको अवसरमा आर्थिक सहयोग

    कार्तिक २४, पर्वत ।  जन्मदिनको अवसरमा विद्यार्थी नेता टिआर न्यौपानेले   पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग  प्रदान गर्नुभएको छ । न्यौपानेले जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती  निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई एक  हजार (१०००/–) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।

    images

    द निर्भीक फाउण्डेशनले ४ घर निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण समेत भईसकेको छ ।

    सहयोगी मनका धनी न्यौपाने नेपाल बिधार्थी संघ राममणी वहुमुखि क्याम्पसका ईकाई समिति सह सचिव हुनुहन्छ । आफ्नो ठाउँमा रहेको जोखिम बस्तीलाई द निर्भीक फाउन्डेशले सुरक्षित ठाउँमा बस्ती बनाई सार्न लागेको कार्यलाई आफ्नो जन्म दिन फजुल  खर्च गरेर मनाउनु  भन्दा केही  सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनु भयो ।  

     द निर्भीक फाउण्डेशन”ले अझै ८ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ४ घर सम्पन्न गरि हस्तान्तरण गरिसकेको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।  

    खाता नम्बरAC Name : The Nirbhik Foundation
    Bank Name : Garima Bikas Bank Waling Branch
    AC No : 00100100855183000001
     

    बुधवार, कार्तिक २४ २०७८०९:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend