Logo

शनिवार, कार्तिक १ गते २०८३

images

यि हुन नेकपा एमाले स्याङ्जाबाट चयन भएका महाधिवेशन प्रतिनिधि 

यि हुन नेकपा एमाले स्याङ्जाबाट चयन भएका महाधिवेशन प्रतिनिधि 

  • PNN Times
  • आइतवार, कार्तिक २८ २०७८


  • यि हुन नेकपा एमाले स्याङ्जाबाट चयन भएका महाधिवेशन प्रतिनिधि 

    कात्तिक २८, स्याङ्जा ।  नेकपा एमाले स्याङ्जाले पार्टीको दशौं महाधिवेशनका लागि दुई निर्वाचन क्षेत्रबाट २४ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । शनिबार राती सम्म महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले स्याङ्जाका अध्यक्ष पासर गैह्रेले जानकारी दिए ।

    गैह्रेका अनुसार महिला ६, दलित तथा उत्पिडित समुदायबाट ४ र खुलाबाट १४ गरी २४ जना प्रतिनिधिहरु सर्वसम्मत प्रकृयाबाट छनौट गरिएको हो । स्याङ्जा निर्वाचन क्षेत्र नं १ बाट नारायण प्रसाद मरासिनी, सुधिर शर्मा पौडेल, मिन प्रसाद गुरुङ, इश्लाम मिया, विश्व पौडेल, सिमा क्षेत्री, दिपक लम्साल, सन्तोष के.सी., तारा शर्मा र देवी थापा रहेका छन् । 

    images

    स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट मोहनप्रसाद रेग्मी, भूपराज अधिकारी, देवीसरा थापा, मुक्तिप्रसाद पाठक, सूर्यप्रसाद गैह्रे (पारस), खिमबहादुर थापा, किशोरबिक्रम मल्ल, उदयराज श्रेष्ठ, सरस्वती भट्टराई र खगिसरा थापा रहेका छन् ।

    २४ जना प्रतिनिधिका लागि ८९ जनाले मनोनयन दर्ता गराएका थिए ।

    आइतवार, कार्तिक २८ २०७८११:५५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend