Logo

शनिवार, कार्तिक १ गते २०८३

images

यि हुन नेकपा एमाले पर्वतबाट चयन भएका महाधिवेशन प्रतिनिधि 

यि हुन नेकपा एमाले पर्वतबाट चयन भएका महाधिवेशन प्रतिनिधि 

  • PNN Times
  • आइतवार, कार्तिक २८ २०७८


  • यि हुन नेकपा एमाले पर्वतबाट चयन भएका महाधिवेशन प्रतिनिधि 

    कात्तिक २८, पर्वत ।  नेकपा एमाले पर्वतले पार्टीको दशौं महाधिवेशनका लागि जिल्लाबाट  १३ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।  शनिबार राती सम्म महाधिवेशन प्रतिनिधि छनौट गरिएको एमाले पर्वत अध्यक्ष पदम गिरीले जानकारी दिए ।
     
    गरिका अनुसार महिला ३, दलित तथा उत्पिडित समुदायबाट ३ र खुलाबाट ७ गरी १३ जना प्रतिनिधिहरु सर्वसम्मत प्रकृयाबाट छनौट गरिएको हो । 
     
    पर्वत जिल्लाबाट पदम गिरी, गोविन्द पहाडी,पदमपाणी शर्मा, विकास लम्साल, भक्त बहादुर कुवर, मित्रलाल बस्याल, राजुप्रसाद पौडेल, शारदा कुमारी शर्मा, कमला कुमारी पन्त, अनिताकुमारी रेग्मि, शिवलाल कार्की, मनोहर बि.पौडेल, र शर्मिला नेपाली रहेका छन् । 
     
    १३ जना प्रतिनिधिका लागि ४६ जनाले मनोनयन दर्ता गराएका थिए ।

    आइतवार, कार्तिक २८ २०७८१२:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend