कात्तिक २९, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले महिलाहरुको लागि लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै निःशुल्क तयारी कक्षा सुरु गर्न लागेको हो ।
गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका शैक्षिक योग्यता पुगेका महिलाहरुलाई लोकसेवा मार्फत सरकारी सेवामा प्रवेश गराउनका लागि आवश्यक तयारी कक्षाका सञ्चालनका लागि यो योजना ल्याएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष ०७८।७९ को वार्षिक कार्यक्रम अन्तर्गत निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन मंसिर २१ गते देखी एक महिना सञ्चालन गर्ने छ ।
निशुल्क लोक सेवा पढ्नको लागि १८ वर्ष पुगेका पैयूँ गाउँपालिका भित्रका महिलाहरुले एइइ अथवा सो भन्दा माथिको नागरिकताको प्रतिलिपि,शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि सहितको कागजात मंसिर १० गते सम्म महिला तथाबालबालिका शाखामा बुझाउनु पर्ने पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिनु भयो ।
उहाँले सहायक स्तरका पदको लागि मात्र लोकसेवा परीक्षा तयारी कक्षा सञ्चालन हुने समेत जानकारी गराउनु भयो ।