Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङका आलु कृषकहरुको खेतमा नै पुगेर बिज्ञद्धारा प्रशिक्षण

वालिङका आलु कृषकहरुको खेतमा नै पुगेर बिज्ञद्धारा प्रशिक्षण

  • PNN Times
  • मंगलवार, कार्तिक ३० २०७८


  • वालिङका आलु कृषकहरुको खेतमा नै पुगेर बिज्ञद्धारा प्रशिक्षण

    वालिङ,कार्तिक ३० ।   वालिङ नगरपालिकाका आलु उत्पादन गर्ने कृषकहरुलाई खेतमा नै पुगेर तालिम प्रदान गरिएको छ । समूहगत तथा व्यक्तिगत रुपमा आलु खेती गर्दै आएका कृषकहरुलाई आलु लगाउने,हुर्काउने,खन्ने र बिउ संरक्षण गर्ने तरिकाको बारेमा जानकारी गराईएको छ । 

    नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का पूर्ब बरिष्ठ बैज्ञानिक तथा आलु बिज्ञ डाक्टर भिम बहादुर खत्रीले उनीहरुलाई आल खेतीका सम्वन्धमा बिभिन्न जानकारी गराउनु भएको थियो ।

    images

    वालिङ नगर भित्रका कृषकहरुले बिभिन्न सहकारी र समूह नै बनाएर आलु खेती गर्न शुरु गरेकाछन् । कृषकहरुको मागका आधारमा खेतमा नै गएर कृषकहरुलाई आलु खेती सम्वन्धमा प्रयोगात्मक तालिम सञ्चालन गरिएको वालिङ नगरपालिकाले जनाएको छ । 

    वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत व्यवशायीक तालिम खेती सम्वन्धी प्रयोगात्मक तालिम सञ्चालन गरिएको हो ।

    तालिममा युएनडिपी नेपालका सञ्चार अधिकृत कोमल प्रसाद भट्टले कृषकहरुको मागका आधारमा बिज्ञबाट सहजीकरण गरिएको जानकारी दिनुभयो । 

    कार्यक्रममा बिभिन्न ५ वटा आलु उत्पादक सहकारी संस्थाका कृषक तथा व्यवशायीक रुपमा आलु खेती गर्दै आएका कृषकहरु गरस्ी ५० जनाको सहभागिता रहेको थियो । 

    मंगलवार, कार्तिक ३० २०७८०३:५३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend