मंसिर ६, रुपन्देही । युवा संगम बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गरिएको छ । सोमबार रुपन्देहीको सियारी गाउँपालिका १ हाटिअमुवामा सहकारी संस्थाको सुरुवात गरिएको हो ।
संस्थाको लुम्बीनि प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले उद्घाटन गर्नु भएको हो । सहकारी संस्थाको समुद्घाटन गर्दै नेपालले सहकारीको माध्यमबाट युवाहरुलाई रोजगारीमा जोड्दै समृद्ध नेपाल बनाउने योजनामा सयहोग पुग्ने बताउनु भयो । उहाँले कतिपय सहकारीहरु सहकारीको सिद्धान्त तथा ऐन विपरित पनि सञ्चालनमा रहेकाले सहकारीका सदस्यहरु बढी चनाखो भई सही दिशानिर्देश गर्न पनि सुझाव दिनुभयो ।
युवा संगम बचत तथा ऋण सहकारी रेमन न्यौपाने, रमणि डुम्रे, विष्णु श्रेष्ठ, मणि भुसाल, प्रेम खड्का, निरज गुरुङ, भवानी सिग्देल र भुपराज डुम्रे सहित छ जना युवाहरुको सक्रियतामा खोलिएको हो ।
उत्पादन मुलक क्षेत्रमा लगानी गर्न , हाटिअमुवा टोलका नागकिको दैनिक जनजिविकाको समस्यालाई समाधान गर्न र वडालाई समृद्ध बनाउनको लागि साथ दिन सहकारी सञ्चालनका ल्याएको संचालक एंव सहकारीका कोषाध्यक्ष रेमन न्यौपानेले बताउनु भयो । उहाँले सबैलाई सहकारीमा जोडिन आग्रह गर्नु भएको छ ।