तोलाकान्त बगाले
वालिङ, ७ मङ्सिर । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत स्याङ्जामा भएको क्षेत्रीय निर्वाचनमा रेग्मी र खाँण बिजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ मा रेग्मी र २ मा खाँण बिजयी हुनुभएको हो ।
आज सम्पन्न मतगणनाबाट स्याङ्जा क्षेत्र नं. १ को सभापतिमा तुल्सीराम रेग्मी निर्वाचित हुनुभएको हो । उहाँले ६३९ मत प्राप्त गरी बिजयी हुनुभएको हो । निर्वाचनमा उहाँका प्रतिस्पर्धी ओमबहादुर भट्ट क्षेत्रीले ३१४ मत प्राप्त गर्नुभएको हो । क्षेत्रीय समितिको सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मा सहित सहसचिवमा धु्रव शर्मा र पशुपति पोखरेल बिजयी हुनुभएको हो ।
क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ राजु थापा, अजित क्षेत्री, तुलसी गिरी, गोबिन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खड्का, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ (विश्व) र श्रीराम उपाध्याय निर्वाचित हुनुभएको छ ।
खस आर्यतर्फ कृष्णप्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्तिचन्द्र अधिकारी, महिला खुल्लातर्फ देवी अर्याल, तारा मल्ल, बन्दना लम्साल, लेखमाया पौडेल र खस आर्य महिलातर्फ सीता गोदार र लक्ष्मी केसी निर्वाचित हुनुभएको हो । दलिततर्फ अमृत बिक, आदिवासी जनजातितर्फ अनुप श्रेष्ठ र देवेन्द्र गुरुङ, आदिवासी जनजाति महिलातर्फ धनकुमारी थापा, अल्पसंख्यकतर्फ शाह मोहम्मद मिया निर्वाचित हुनुभएको छ ।
त्यस्तै क्षेत्र नं. २ मा दिलीपप्रताप खाँण निर्वाचित हुनुभएको छ । उहाँले ८२३ मत ल्याई सभापतिमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी ध्रुबप्रसाद शर्मा पंगेनीले ३६४ मत प्राप्त गर्नुभयो ।
कूल एकहजार २३० मतदाता रहेको क्षेत्र नं. २ मा एकहजार २०६ मत खसेको मुख्य निर्वाचिन अधिकृत हरिप्रसाद रेग्मीले बताउनुभयो ।
दुई वटा छुट्टाछुट्टै समूह खडा गरी भएको निर्वाचनमा सभापतिमा बिजयी बन्नुभएका खाँणकै समूहबाट सचिवमा फणिनारायण रेग्मी र यादवप्रसाद पाण्डे (सुन्दर) बिजयी हुनुभएको हो । त्यस्तै सहसचिवमा पनि खाँणकै समूहबाट राजेश डुम्रे र प्रमोद पोख्रेल निर्वाचित हुनुभएको हो ।
यसैगरी, क्षेत्र नं. २ क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ भागवतप्रकाश मल्ल, बिष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुनप्रकाश अर्याल, युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मीप्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल, जलेश्वर पाण्डे बिजयी हुनुभएको हो ।
खुल्ला महिलातर्फ कल्पना तिवारी, कविता तिवारी, सरस्वती अर्याल, खगीसरा भण्डारी र खस आर्य पुरुषतर्फ रामचन्द्र पंगेनी, लक्ष्मीकान्त रेग्मी र महिलातर्फ सुनिता उच्चै ठकुरी र गायत्री आचार्य निर्वाचित हुनुभएको छ ।
समावेशी जनजाती पुरुषतर्फ चन्द्र राना, यादवकुमार श्रेष्ठ, महिलातर्फ बिमला श्रेष्ठ र माया राना, दलित पुरुषतर्फ लिलबहादुर रनपाल र महिलातर्फ तुलसी नेपाली निर्वाचित हुनुभएको हो ।
बिजयी भएसँगै नवनिर्वाचित क्षेत्रीय सभापति खाँणले यो पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भएको बताउँदै आगामी दिनमा पार्टी संगठनकालागि बिजेता उपबिजेता दुबै सँगसँगै भएर अगाडि बढ्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । बिजेता खाँणका प्रतिस्पर्धी शर्माले आगामी दिनमा पार्टीको संगठन विस्तारमा सँगसँगै अगाडि बढ्ने र सहयोग गर्ने प्रतिबद्धतासहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।