मंसिर १९, स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा महिला स्वयम सेविकाहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको छ । १८ औं महिला सामुदायी स्वास्थ्य स्वयमसेवीका दिवस २०७८ को अवसरमा पुतलीबजार नगरपालिकाले महिला सामुदायी स्वास्थ्य स्वयम सेविका रणनीति यसका विषेशता एवम् चुनौति विषयक अन्तरकृया कार्यक्रम आइतबार सम्पन्न गरेको हो ।
स्वास्थ्य जीवन शैली हाम्रो आवश्यकता, संकट न्यूनिकरणमा महिला सामुदायिक स्वयम् सेविका भन्ने मूल नाराका सहित अन्तरक्रिया गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षत्रीले महिला स्वयम सेवीहरुले तलब बिना समाजमा उदाहरणीय तथा रचनात्मक कार्य गरेकोमा प्रसंसा गर्नुभयो ।
नगरप्रमुख क्षत्रीले महिला स्वयमसेवीकाहरुलाई सरकारले व्यवास्था गरेकोमा चिन्ता प्रकट गर्नुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिका भित्रका ७० जना महिला स्वास्थ्य स्वयमसेवीकाहरुको सहभागिता रहेको थियो ।