Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा पत्रकारद्वय राना र पराजुली सम्मानित

स्याङ्जामा पत्रकारद्वय राना र पराजुली सम्मानित

  • गोपाल जिटी
  • शनिवार, पौष १० २०७८


  • स्याङ्जामा पत्रकारद्वय राना र पराजुली सम्मानित

    पौष १०, स्याङ्जा । स्याङ्जामा क्रियाशिल पत्रकारहरु सम्मानित भएका छन् । वालिङ ९ स्थित कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तेस्रो साधारण सभाको अवसरमा पत्रकारद्वय कला राना र हिमाल पराजुलीलाई सम्मान गरेको हो ।

    सहकारीको तेस्रो साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चार माध्यमको तर्फबाट समाजलाई सुसुचित बनाएको भन्दै पत्रकारद्वय राना र पराजुलीलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरेको हो ।

    images

    सञ्चारिका समूह स्याङ्जाकी अध्यक्ष तथा रेडियो आँधीखोलाका समाचारप्रमुख कला राना विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आउनु भएको छ भने रासस स्याङ्जाका सम्वादाता तथा गण्डकी समाचारका अध्यक्ष हिमलाल पराजुली समेत विगत १५ वर्षदेखि पत्रकारितामा सक्रीय रहँदै आउनुभएको छ ।

    उहाँहरुलाई आदिवासी जनजाती आयोगका सदस्य रिना राना, राष्ट्रिय सहारी बोर्डका सदस्य खगिसरा थापा र संस्थाका अध्यक्ष उमेश दर्लामीले सम्मानपत्र र मायाको चिनोले सम्मान गरेका हुन् ।

    कार्यक्रममा आदिवासी जनजाती आयोगका सदस्य रिना रानाले सहकारीले यहाँका समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि योगदान  पुर्याएको भन्दै सहाकारी नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने बताउनुभयो । साथै उहाँले सेवा पहिलो प्राथमिकता भएको भन्दै नाफा दोस्रो पक्ष रहेकाले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

    शनिवार, पौष १० २०७८०७:५६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend