पौष १२, पर्वत । अखिल नेपाल महिला संघ पैयूँ गाउँपालिकाको अध्यक्षमा चन्द्रकला न्यौपाने चयन हुनुभएको छ । आईतबार भएको पहिलो अधिवेशनले न्यौपानेको अध्यक्षता २५ सदस्यीय कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा सिता नेपाली, सचिवमा यामकला काफ्ले, सह-सचिवमा लिला भुसाल र कोषाध्यक्षमा रिमकला काफ्ले रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि एंव नेकपा एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला ईन्चार्ज कल्पना चापागाईले महिलाहरु हरेक कुरामा पछाडी परेको कारण समाज रुपान्तरण हुन नसकेको भन्दै अब शसक्त तरीकाले अगाडी बढ्नु पर्ने बताउनु भयो ।
उहाँले महिलाहरु अग्रसर भएर लागि परेमा मात्र अबको निर्वाचनमा नेतृत्वमा पुगिने बताउनु भयो।
कार्यक्रममा नेकपा एमाले गण्डकि प्रदेश सह-सचिव मञ्जु अधिकारी, प्रदेश सदस्य मित्रलाल बस्याल, महाशिला गाउँपालिका अध्यक्ष राजु पौडेल, नेकपा एमाले पैयूँ कमिटिका अध्यक्ष चोकलाल न्यौपाने, पैयूँ गाउँपालिका वडा नम्बर ४ का अध्यण महेन्द्र श्रेष्ठ लगायतले नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।