Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अबको विजनेश आयात होइन, निर्यात हुनुपर्छ—पूर्वमन्त्री अर्याल

अबको विजनेश आयात होइन, निर्यात हुनुपर्छ—पूर्वमन्त्री अर्याल

  • गोपाल जिटी
  • मंगलवार, पौष १३ २०७८


  • अबको विजनेश आयात होइन, निर्यात हुनुपर्छ—पूर्वमन्त्री अर्याल
    पौष १३,वालिङ ।पूर्वमन्त्री तथा संघीय सांसद माननीय पद्माकुमारी अर्यालले अबको विजनेश आयात होइन, निर्यात हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार स्याङ्जाको वालिङमा उपकार बचत तथा ऋण सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभामा सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले अबको विजनेश आयात होइन, निर्यात हुनुपर्ने बताउनुभएको हो । उहाँले उत्पादनका क्षेत्रमा लागेर निर्यातको व्यापारले नै हामी समृद्धिको बाटो पहिल्याउन सकिने व्यक्त गर्नुभयो ।
    नेपालमा कृषिको सम्भावना राम्रो रहेकाले कुन माटोमा के फल्छ, त्यहि अनुसार कृषि उत्पादनमा जोडिनुपर्ने पूर्वमन्त्री अर्यालको भनाई छ । हिजको जस्तो निर्वाहमुखी पेशाले हुँदैन अब कृषिको यान्त्रिकिकरण, व्यवसायिकरण र प्राविधिकको प्रयोग सहित लाग्नुपर्छ । धेरै सहकारीहरु बचत तथा ऋणको कारोवारमा महत्व दिइरहेको पाइन्छ, अब पैसा राख्ने र झिक्ने या कर्जा लिने र व्याज तिर्नेमात्र होइन उत्पादनका क्षेत्रमा लाग्नुपर्छ ।
    सहकारीहरुले कृषिमा लगानी बढाएर उत्पादनका क्षेत्रमा उत्साहि बनाउनुपर्ने पूर्वमन्त्री अर्यालले बताउनुभयो । पढ्ने भनेको जागिर खानका निम्तीमात्र होइन, उत्पादनमा जोडिनका लागि भएको पनि उहाँले व्यक्त गर्नुभयो ।
    अब हामीले देशको परिस्थिति अनुसार व्यवसाय बदल्न जरुरी छ र हाम्रो मानसिकतालाई पनि बदल्न जरुरी छ । केहि नजानेका, नपढेका र सीप नभएकाले कृषि गर्ने होइन । पढे लेखेकाले कृषि गर्ने हो, कृषि पेशालाई सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै पूर्वमन्त्री अर्यालले किसानहरुलाई उत्साहि बनाउनुपर्ने उल्लेख गर्नुभयो । आफु कृषिमन्त्री भएका बेला किसानमुखी योजनाहरु ल्याएर काम गरेको समेत उहाँले स्मरण गराउनुभयो ।  माटोले के माग्छ, बजारले के खोज्छ, ग्राहकको माग के हो रु बजारमा के चीज बिकाउन सकिन्छ, माटोको अवस्था कस्तो छ ? के खेति लगाउँदा धेरै उत्पादन लिन सकिन्छ भन्ने हेक्का राखेर व्यवसायी बन्न र बढि भन्दा बढी लाभलिन सकिन्छ । 
    सहकारीका माध्यमबाट हामी कृषि उत्पादनमा जानुपर्ने उहाँले व्यक्त गर्नुभयो ।
    पैसा जम्मा गरेर मात्र हुँदैन, लगानी गरेर आम्दानी हुने काम गर्नुपर्छ । छिटो आम्दानी गर्न सकिने कृषि हो, त्यसैले कृषिमै लाग्न उहाँको आग्रह छ । अब सदस्यहरुको जीवन बदल्ने काममा सहकारीहरु लाग्नुपर्नेमा पूर्वमन्त्री अर्यालले जोड दिनुभयो ।

    मंगलवार, पौष १३ २०७८०५:५६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend