पौष १४,वालिङ ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष परितोष पौड्यालले स्याङ्जामा भएका सहकारीहरुमा सुरक्षा र गुणस्तरीय प्रणालीभित्र विकास गरेका संस्थाहरुमध्ये उपकार सहकारी रहेको बताउनु भएको छ । स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न २९ औं वार्षिक साधारणसभा केन्द्रीय संघका अध्यक्ष पौड्यालले उपकार सहकारी नेफ्सक्युनको सुरक्षा प्रणाली र अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीभित्र अगाडि बढिरहेको बताउनु भएको हो ।
केन्द्रीय संघका अध्यक्ष पौड्यालले सहकारीले लिएको गण्डकी प्रदेशमै अव्वल संस्थाकोरुपमा विकास गर्ने महत्वाकांक्षा र सपनालाई हाँसिल गर्नुपर्नेमा जोडदिनुभयो । यसका लागि शेयर सदस्यको विश्वास र सञ्चालक समितिको निर्दिष्ट आचरण अत्यन्त महत्वपूर्ण हुन्छ । संस्थाको सुरक्षा र प्रवद्र्धन गर्ने हिसावमा केन्द्रीय संघ प्रतिवद्ध रहेको स्पष्ट पार्दै केन्द्रीय संघका अध्यक्ष पौड्यालले संस्थालाई स्थायित्व र दिगोपनाको हिसावमा केन्द्रीय संघ नचुक्ने व्यक्त गर्नुभयो ।
संस्थाले अवलम्वन गरेका नीति र विधि बहु आयामिक छ, । तर सदस्यहरुको विश्वास सिर्जना गर्ने, सदस्यहरुको जीवनस्तर बदल्ने, हिसावले अबका दिनमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । आँप्mनो गन्तव्य र यात्राको विषयमा संस्था स्पष्ट हुनुपर्ने उल्लेख गर्दै केन्द्रीय संघका अध्यक्ष पौड्यालले सदस्यहरुलाई धन सिर्जना र उद्यमशिलताका विषयमा सिकाउनुपर्ने बताउनुभयो । उहाँले सदस्यको क्षमता वृद्धि गर्ने, व्यवसायिकताको ज्ञान दिने, उनीहरुलाई सीप विस्तार गर्ने तथा वित्तीय पहुँच र वित्तीय अवसरको सिर्जना गर्ने विषयमा ध्यान दिन सुझाउनुभयो । यसका लागि रणनीतिक योजना प्रभावकारी हुनुपर्ने भन्दै संस्थाको वित्तीय सक्षमताको हिसावमा संस्था सवल रहेको समेत व्यक्त गर्नुभयो ।
प्राप्त सक्षतालाई प्रविधिले नेतृत्व गनुपर्ने उहाँले व्यक्त गर्नुभयो । जव कुनै शक्ति र सामथ्र्य प्राप्त गरिन्छ, तव त्यो सामथ्र्यमाथि प्रतिक्रियात्मक हमला हुने संसार भरिको नियम भएको व्यक्त गर्दै त्यसको सामना गर्न दृढ र धैर्यता आवस्यक पर्ने उहाँको भनाई छ ।
११ गते आइतबार मिर्मि सेवा केन्द्रबाट सुरु गरेको सहकारीले बुधबार प्रधान कार्यालय वालिङमा प्रतिनिधिमूलक उपस्थितिमा २९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सहकारीले १२ गते चापाकोटको दामाचौर र वालिङ ७ को केवँरे, १३ गते वालिङ सेवाकेन्द्र र बायाँटारी सेवाकेन्द्रमा साधारसभा गरेको थियो ।
कूल ७ हजार १ सय ५१ शेयर सदस्य भएको सहकारीको ७ करोड १३ लाख ६६ हजार ५ सय शेयर पूँजी रहेको र ८५ करोड ८६ लाख ६० हजार ५ सय ७४ को कारोबार गर्न सफल भएको अध्यक्ष बगालेले जानकारी गराउनुभयो ।