Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्वर्गीय अधिकारिको स्मृतिमा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

स्वर्गीय अधिकारिको स्मृतिमा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

  • PNN Times
  • सोमवार, पौष १९ २०७८


  • स्वर्गीय अधिकारिको स्मृतिमा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

    पौष १९, पर्वत । स्वर्गीय मणि पर्साद अधिकारिको स्मृतिमा विद्यालयमा आर्थिक सहयोग गरिएको छ ।

    अधिकारिको स्मृतिमा  श्रीमति गोमती अधिकारी र छोराहरु  प्रेम प्रसाद अधिकारी , यूबराज अघिकारी, बाबुराम अधिकारी, लोक प्रसाद  अधिकारी, चोक प्रसाद (सागर) र तिलक अधिकारीले एकलाख एघार हजार एक सय एक सय एघार  रूपैयाँ विनु माध्यमिक

    images

    विद्यालयमा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गर्नु भएको हो । साथै कार्यक्रममा विद्यार्थीहरुलाई पोषाक समेत वितरण गरिएको छ। 

    बुबाको सम्झनामा गरिब, जेहेन्दार र विद्यार्थीहरुले राम्रोसंग शिक्षा लिन पाउन भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न आर्थिक सहयोगगरेको छोरा सागर अधिकारीले जानकारी दिनु भयो ।

    कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले विद्यालयमा अक्षयकोष स्थापना गरेर विद्यार्थीको भविष्यलाई उज्वल बनाउनु राम्रो काम भएको बताउनु भयो ।

    साथै सोही अवसर विद्यालय व्यवस्थापन समिति समेत चयन गरिएको छ। समितिको अध्यक्षमा पुन सागर अधिकारी चयन हुनु भएकोछ।

    सोमवार, पौष १९ २०७८०९:१९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend