Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमाले पर्वतको नवौँ जिल्ला अधिवेशन,पौडेललाई अध्यक्ष बनाउने तयारी

नेकपा एमाले पर्वतको नवौँ जिल्ला अधिवेशन,पौडेललाई अध्यक्ष बनाउने तयारी

  • PNN Times
  • बिहिवार, पौष २२ २०७८


  • नेकपा एमाले पर्वतको नवौँ  जिल्ला अधिवेशन,पौडेललाई अध्यक्ष बनाउने तयारी

    पौष २२,पर्वत ।नेकपा एमाले पर्वतको नबौ जिल्ला अधिवेशन भोली शुक्रबार हुदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । भोली हुने अधिवेशनको सवै तयारी पुरा भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा पुगेर प्रचार प्रसार सामाग्री प्रदान गरिएको छ । त्यसैगरी होटल बुक ,मञ्च व्यवस्थापन, प्रतिवेदन तयार , प्रतिनिधिहरूका लागि कार्ड छपाई लगाएतको अधिकाँस काम सकिएको छ । अधिवेशनमा जिल्लाभरवाट ४ सय १६ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । कार्यक्रम सदरमुकामको होटल बन्दनामा हुनेछ ।

    प्रमुख अतिथिको टुङ्गो लाएको छैन । अधिवक्ता केशवराज पुरीको संयोजकत्वमा चुनावी निर्वाचन समितिले पनि तयारी गरेको छ । भोलीको उद्घाटन सत्रको अन्त्य पछि बन्द सत्र हुनेछ भने निर्वाचन प्रकृया पनि हुनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई उपसचिब ५ सहित ९० सदस्यीय जिल्ला कमिटि निर्वाचित हुनेछन् ।

    270835242_388368233087300_768230900442472705_n.jpg
    अध्यक्षमा कार्यवाहक जिल्ला अध्यक्ष भक्त कुँवर, महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल, फलेवास नगरपालिकाका नगरप्रमुख  पदमपाणी शर्मा, देवेन्द्रराज पाण्डे र जिल्ला उपसचिब गोबिन्द पहाडीको दाबी रहेको छ  । जिल्ला अध्यक्षमा पाँच जनाको दाबी रहेता पनि राजु प्रसाद पौडेललाई अध्यक्ष दिने गरी नेतृत्व तहमा करिब करिब समझदारी भएको बुझिएको छ । पौडेललाई अध्यक्ष, गोविन्द पहाडी लाई सचिव दिएर सहमति गर्ने तयारी छ । उपाध्यक्ष पदमपाणी शर्मालाई बनाउने तयारी छ । अन्य दुई उपसचिबमा शिव पौडेल, जिवन उच्चै ठकुरी र बिमल लामिछाने मध्ये बाट हुने बुझिएको छ ।

    images

    बिहिवार, पौष २२ २०७८०८:०१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend