माघ ७, पर्वत । पर्वतको विहादी गाउँपालिकाले नागरिकलाई बुस्टर डोज खोप लगाउन सूचना जारि गरेको छ । कोरोनाको तेश्रो भेरियन्टको संक्रमण बढिरहेको बेला गाउँपालिकाले पहिलो र दोस्रो खोप लगाएका र दोस्रो खोप लगाएको छ महिना पुगेका नागरिकलाई आफ्नो पायक पर्ने ठाउँमा गएर बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ ।
