Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा तपाईको मास्क खै अभियान

पर्वतमा तपाईको मास्क खै अभियान

  • PNN Times
  • मंगलवार, माघ ११ २०७८


  • पर्वतमा तपाईको मास्क खै अभियान

    माघ ११, पर्वत । पर्वतमा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तपाईको मास्क खै अभियान चलाइएको छ । मास्कको अनिवार्य प्रयोग गरौ, म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ मंगलबार जिल्ला कोभिड व्यवस्थापन समिति पर्वतको अगुवाइमा तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । 

    कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि  जिल्ला सदरमुकाम कुश्मा स्थित तपाईको मास्क खै’ अभियान चलाइएको हो ।

    1643119963700.jpeg
    कोरोनाको तेस्रो लहरबाट पर्वतमा बिरामी बढिरहेको बेला यसको रोकथाम र नियन्त्रणको लागि जिल्लामा मास्क लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले  बताउनु भयो ।
    अभियान अन्तर्गत सुरुको दिन मास्क नलगाई हिड्नेलाई मास्क बितरण गर्दै कारबाही स्वरुप ६६ जनालाई एक सय रुपैयाँ जरिवाना तिराईएको  पाण्डेले जानकारी दिनुभयो । 

    मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतना मुलक कार्यक्रम गरिएको हो । 

    images

    1643119963727.jpeg

    मंगलवार, माघ ११ २०७८०८:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend