Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा शिक्षकले राजनीति गरेको भन्दै अख्तियारमा उजुरी (पत्र सहित)

स्याङ्जामा शिक्षकले राजनीति गरेको भन्दै अख्तियारमा उजुरी (पत्र सहित)

  • PNN Times
  • मंगलवार, माघ ११ २०७८


  • स्याङ्जामा  शिक्षकले राजनीति गरेको भन्दै अख्तियारमा उजुरी (पत्र सहित)

    माघ ११, स्याङजामा शिक्षकले राजनीति गरेको भन्दै अभिभावकले अख़्तियामा उजुरी गरेका छन ।

    गल्याङ नगरपालीका भित्र रहेका सरकारी स्कुलमा पढाउने शिक्षकले राजनीति गरेको भन्दै  अभिभावकले अख्तियार दुरुपयोग अनुसन्धनआयोग पोखरामा उजुरी गरेका हुन । अभिभावकले पौष २० गते उजुरी दिएको पत्र पिएनएन खबलाई प्राप्त भएको छ ।

    images

    उजुरी पत्रमा गल्याङ नगरपालिका भित्रका विभिन्न ६ वटा सरकारी स्कुलमा पढाउने शिक्षकले कानुन विपरित राजनीतिक दलको कार्यसमितिमा रहेर शैक्षिक गतिविधिमा प्रतिकूल असर परेको उल्लेख छ ।

    उजुरी पर्ने सबै स्थायी शिक्षक एमाले निकट रहेको पत्रमा उल्लेख छ ।

    यता गल्याङमा सरकारी स्कुलमा कार्यरत धेरै शिक्षक अन्य पार्टीमा पनि आवद्ध रहेको तर प्रतिशोधको भावनाले ६ जना  शिक्षकलाईमात्र उजुरी गरेको  एमाले निकट शिक्षक संगठनको भनाई छ ।

    मंगलवार, माघ ११ २०७८०९:२९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend