Logo

शनिवार, कार्तिक १ गते २०८३

images

शैक्षिक गुणस्तर बृद्धि गर्न वालिङका विद्यालयमा सचेतना कार्यक्रम

शैक्षिक गुणस्तर बृद्धि गर्न वालिङका विद्यालयमा सचेतना कार्यक्रम

  • PNN Times
  • बुधवार, माघ १९ २०७८


  • शैक्षिक गुणस्तर बृद्धि  गर्न  वालिङका विद्यालयमा सचेतना कार्यक्रम

    तोलाकान्त बगाले

    वालिङ, १९ माघ । वालिङ नगरपालिका ८ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत आज दुई वटा विद्यालयमा कार्यक्रम गरेको छ । शैक्षिक गुणस्तर बृद्धि गर्ने मुख्य उद्देश्यसहित आज अमिलीथुम आधारभूत विद्यालय र  गह्रौ कालिका आधारभूत विद्यालयका ब्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुबीचमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    वालिङ ८ अमिलीथुमस्थित अमिलीथुम आधारभूत विद्यालयमा आयोजित सचेतना कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष कमलप्रसाद सुबेदीले वडाभित्रका सबै सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले शिक्षाको गुणस्तरीयतामा जोड दिनकालागि अभियानकोरुपमा अगाडि बढिएको बताउनुभयो । 

    कार्यक्रममा कार्यपालिका सदस्यहरु युगमाया पंगेनी, वडा सदस्य चेतनारायण श्रेष्ठ, वडा सचिव प्रेमनारायण सुबेदी, अमिलीथुम आधारभूत विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शंकर सुबेदी, पूर्व अध्यक्ष ध्रुबराज उपाध्याय लगायतले शैक्षिक गुणस्तर बृद्धिका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    अन्तरक्रियामा बालमनोविज्ञ रामचन्द्र केसीले प्रशिक्षण प्रदान गर्नुकासाथै उठेका जिज्ञाशाहरुको सहजीकरण गर्नुभएको थियो । 

    बुधवार, माघ १९ २०७८०७:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend