Logo

बुधवार, कार्तिक ५ गते २०८३

images

मन्त्री यादवसँग मानवअधिकार आयोगद्वारा सोधपुछ, भविष्यमा हिंसात्मक अभिव्यक्ति नदोहोर्‍याउनू

मन्त्री यादवसँग मानवअधिकार आयोगद्वारा सोधपुछ, भविष्यमा हिंसात्मक अभिव्यक्ति नदोहोर्‍याउनू

  • PNN Times
  • बिहिवार, माघ २० २०७८


  • मन्त्री यादवसँग मानवअधिकार आयोगद्वारा सोधपुछ, भविष्यमा हिंसात्मक अभिव्यक्ति नदोहोर्‍याउनू

    काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिन निर्देशन दिएको छ । आयोगले यादवलाई कार्यालयमा बोलाएर त्यस्तो निर्देशन दिएको हो ।

    माघ ५ गते रौतहटको गौरमा आयोजना गरिएको सभामा भौतिक पूर्वाधारमन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन् ।मन्त्री यादवले दिएको अभिव्यक्तिबारे छलफल गर्नका लागि आयोगले केन्द्रीय कार्यालयमा बोलाएको थियो । त्यसपछि आयोगका पदाधिकारीले त्यस्तो खालका अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

    images

    मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको पोखरेलले बताए । 'आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो,' पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    गौरमा मन्त्री यादवले अभिव्यक्ति दिएपछि विभिन्न क्षेत्रबाट आलोचना भएको थियो । आयोगलाई मन्त्री यादवले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित वा पूर्वाग्रही नरहेको बताएकी थिइन् । उनले आगामी दिनमा त्यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको पनि आयोगले जनाएको छ ।

     

    बिहिवार, माघ २० २०७८०७:०२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend