Logo

आइतवार, कार्तिक २ गते २०८३

images

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलले प्रदर्शन गर्दै

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलले प्रदर्शन गर्दै

  • PNN Times
  • बुधवार, माघ २६ २०७८


  • एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलले प्रदर्शन गर्दै

    २६ माघ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै छन् ।

    पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले आज दिउँसो दुई बजे नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन् ।

    images
    दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्‍यालीसहित नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने योजना छ ।

    विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको समाजवादीले संयुक्त रुपमा विरोधका कार्यक्रम तय गरेका हुन् । यसमा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि संलग्न छन् । यसअघि उनीहरुले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।

    बुधवार, माघ २६ २०७८१०:३१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend