२७ माघ, प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने जानकारी गराएको स्रोतले बतायो ।
यसअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्न चार/पाँच महिनाको समय मागेर एमसीसीलाई पठाएको पत्र अनलाइनखबरले पहिलोपटक सार्वजनिक गरेको थियो । एमसीसी पारित गर्न हुँदैन भन्दै आएका प्रचण्ड उक्त पत्र सार्वजनिक भएपछि संकटमा परेका छन् ।

