फागुन ६, स्याङ्जा । स्याङ्जाको वालिङमा विद्यार्थीसंग मेयर कार्यक्रम सुरु गरिएको छ । शिक्षालाई परिवर्तनको पहिलो आधार मानेर विकासलाई संस्थागत गर्न स्याङ्जको वालिङ नगरपालिकाले स्मार्ट सिटिजन फर स्मार्ट वालिङ विद्यार्थीसंग मेयर कार्यक्रम गर्दै आएको छ ।
वालिङ नगरपालिकाको शैक्षिक गुणस्तरलाई सुधार गर्न र विद्यार्थीहरुको समस्या, आवश्यकता, मनोभावना, उनिहरुको चासो, गुनासो, जिज्ञासा, र प्रतिकृयाहरुलाई सम्बोधन गर्न विद्यार्थीसंग मेयर कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम वालिङ नगरपालिका वडा नम्बर १ मा रहेको रणविर जनहित माविबाट सुरु गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले शैक्षिक गुणस्तरमा सुधार ल्याउन नगरले गरेका काम, विद्यालयको शैक्षिक अवस्था र त्यहाँको समस्या, विद्यालयको भौत्तिक, शैक्षिक अवस्था, नीतिगत पक्ष, स्मार्ट सिटि लगायतको विषमया प्रश्न राखेका थिए ।

विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँण, प्रमुख प्रशासकिय अधिकृत राजन भट्टाराई र शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले दिनु भएको थियो ।
नगरप्रमुख खाँणले नगरपालिकाले पाँचमा शैक्षिक क्षेत्रमा गरेको कामको बारेमा जानकारी दिदै स्मार्ट वालिङ बनाउन नागरिक नै पहिला स्मार्ट बन्नु पर्नेमा जोड दिनु भयो । साथै उहाँले विद्यार्थीहरु परिवर्तनको संवाहक भएको कारण शैक्षिक गुणस्तरलाई सुधार गर्न नगरपालिकाले बिट्रीस काउन्सीसंग सम्झौता गरि काम अगाडी बढाएको बताउनु भयो ।
कार्यक्रमको पिएनएन टाईम्स डटकम र वालिङ टेलिभिजनले सहजिकरण गरेको छ ।