Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रोटरी क्लबद्वारा जनसेवा माविमा शैक्षिक सामाग्री हस्तान्तरण

रोटरी क्लबद्वारा जनसेवा माविमा शैक्षिक सामाग्री हस्तान्तरण

  • मोहन सुनार
  • सोमवार, फाल्गुण ९ २०७८


  • रोटरी क्लबद्वारा जनसेवा माविमा शैक्षिक सामाग्री हस्तान्तरण

    फागुन ९,पर्वत । रोटरी क्लबले पर्वतको पैयूँमा शैक्षिक समाग्री हस्तान्तरण गरेको छ ।पर्वतको जनसेवा संस्कृत माध्यामिक विद्यालयमा रोटरी क्लब अफ पोखरा फिस्टेल नेपाल, रोटरी क्लब अफेयरलन सनराईन अमेरीका र रोटरी क्लब अफ ब्रान्चबर्ग टाउनसिप अमेरिकाले  स्कुल फर्निचर तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

    273643998_1822670101256775_764241376671396890_n.jpg
    रोटरी क्लवले एक कार्यक्रम गरी विद्यालयलाई २ सय ५० सेट डेस्कबेन्च, ४० थान कम्प्युटर टेवल प्रदान गरेको छ ।
    त्यसैगरी ४७ थान कम्प्युटर कुर्ची, पुस्तालयको लागि टेवल कुर्ची र दराज क्रमस ६ थान,२४ थान र १५ थान कक्षाकोठाको लागि सेतोपाटी १५ थान लगाएतका शैक्षिक समाग्री विद्यालयलाई  हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक टिकाराम काफ्लेले बताउनुभयो । 

    images

    274161708_495215258875749_549957096593242338_n.jpg
    शैक्षिक क्षेत्रमा गरेकोसेवा तथा सहयोग अपुरणीय भएको उल्लेख गर्दै प्र.अ.काफ्लेले यस्ता सहयोगहरुले विद्यार्थीहरुको शैक्षिक स्तर उकास्नको लागि मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    सामाजिक,शैक्षिक तथा विविध क्षेत्रमा सेवा गर्दै आइरहेको रोटरी क्लवले समय समयमा विभिन्न समाग्रीहरु हस्तान्तरण गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ । अहिले सम्म जनसेवा मावि स्कुललाई करिब ५५ लाख बराबरको शैक्षिक सामाग्रि वितरण गरेको समाजसेवी राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । 

    सोमवार, फाल्गुण ९ २०७८०९:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend