Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

  • PNN Times
  • आइतवार, फाल्गुण २२ २०७८


  • पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    काठमाण्डाै – नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । 

    सात दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो ।  

    images

    गएको आइतवारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहको भोलिदेखि अदालतमा बयान सुरु हुनेछ । 

    पल शाह गएकाे फागुन १५ गते आफैँ प्रहरी समक्ष उपस्थित भएका थिए । यसअघि शाहलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

    आइतवार, फाल्गुण २२ २०७८०७:३५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend