Logo

आइतवार, कार्तिक २ गते २०८३

images

फेदिखोला गाउँपालिकाद्वारा यातायात व्यवसायीलाई करमा राहत

फेदिखोला गाउँपालिकाद्वारा यातायात व्यवसायीलाई करमा राहत

  • PNN Times
  • सोमवार, फाल्गुण २३ २०७८


  • फागुन २३, स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकाले यातायात व्यवसायीहरुलाई करमा २० प्रतिशत राहत वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक सवारी करमा २० प्रतिशत अनुदान वितरण गरेको हो ।
    कोभिडका कारण गत वर्ष भएको लकडाउनको मारमा परेका सार्वजनिक यातायात व्यवसायीलाई वार्षिक करको २० प्रतिशत अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
    अध्यक्ष सुवेदीले केन्द्र तथा प्रदेशले समेत यातायात करमा छुट नदिएको अवस्थामा गाँउपालिकाले सानो प्रयास गरेको उल्लेख गर्नुभयो । फेदिखोलामा स्थायी बसोबास भएका यातायात व्यवसायीहरुले कम्तीमा ५ हजारदेखि ३० हजारसम्म करमा अनुदान प्राप्त गरेका छन् ।
     

    सोमवार, फाल्गुण २३ २०७८०७:४०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend