Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वालिङमा योग जागरण कार्यक्रम

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वालिङमा योग जागरण कार्यक्रम

  • निर्भीक नारायण भुर्तेल
  • मंगलवार, फाल्गुण २४ २०७८


  • अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वालिङमा योग जागरण कार्यक्रम

    फागुन २४, स्याङ्जा ।  स्याङ्जाको वालिङमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसमा योग जागरण कार्यक्रम  गरिएको छ । मानव हित तथा स्वास्थ्यकर खानाको महत्व र योग जागरण भन्ने नाराका साथ नारी दिवश मनाईएको हो । महिला पतञ्जली समिति गण्डकि प्रदेश र  महिला पतञ्जली योग समिति स्याङजाको आयोजना वालिङमा नारी दिवसको दिन योग जागरण कार्यक्रम गरिएको हो । 

    कार्यक्रममा प्रमुख अतिथी एंव वालिङ नगरपालिकाका नगरप्रमखु दिलीप प्रताप खाँणले नारी दिवशको शुभकामना दिदै महिला शसक्तिकरणमा जोड दिनु पर्ने बताउनु भयो । हिजोको अवस्थामा भन्दा अहिले समय धेरै फरक भईसकेको कारण मानिसमा चेतनाको बृद्धी गर्नु पर्ने उहाँको भनाई थियो । 

    images

    IMG_6903.JPG

    चेतना र आर्थिक हिसबाले समानता भयो भने नारी पुरुष बराबर हुन सक्ने बताउदै नगरप्रमुख खाँणले समाजमा शहरी नारीहरुलाई भन्दा ग्रामिण भेगका नारीलाई अगाडी बढाउनु पर्ने बताउनु भयो । 
    कार्यक्रममा नियमित योग, ध्यानको अभ्यासले मानिसको आत्मबल बढ्नुका साथै सकरात्मक सोचका प्रभाबले सहि मार्गमा पुग्न समेत सहयोग पुग्ने बक्ताहरुको भनाई थियो ।

    IMG_6924.JPG

    साथै कार्यक्रममा महिला अधिकारको मुद्दा उठ्न थालेको लामो समय भइसक्दा समेत अझै पनि महिला र पुरुषबीचको खाडल ठूलो छ रहेको बारेमा समेत बक्ताहरुले बताउनु भएको थियो । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको उनिहरुको भनाई छ । 


    IMG_6908.JPG

     

    मंगलवार, फाल्गुण २४ २०७८०६:०२:०४

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend