Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पुरस्कार : हात धुने साबुन र मास्क     

पुरस्कार : हात धुने साबुन र मास्क     

  • PNN Times
  • शनिवार, भाद्र २० २०७७


  • भदौ २०, स्याङ्जा । कोरोना भाईरस संक्रमण पैmलिएका बेला स्याङ्जाको भीरकोटमा पुरस्कारको रुपमा हातधुने सावुन र मास्क प्रदान गरिएको छ । भीरकोट नगरपालिका वडा नम्बर ५ स्थित क्रियटिभ युथ क्लवले विद्यार्थी लक्षित हाँजिरी जवाफ प्रतियोगिताको आयोजना गरी पुरस्कारको रुपमा हातधुने सावुन र मास्क प्रदान गरेको हो ।  

    लामो समय विद्यालय बन्द हुँदा शैक्षिक क्रियाकलापबाट टाढा रहेका विद्यार्थीहरुको मस्तिष्कलाई ताजा बनाईराख्न प्रतियोगिताको आयोजना गरिएको क्लवले जनाएको छ । खुल्ला हाँजिरिजवाफ प्रतियोगितामा ६ ओटा समूहको सहभागिता रहेको थियो ।  

    images

    प्रतियोगिताको समापनका अवसरमा विजेता तथा उपविजेता समूहलाई पुरस्कार वितरण गर्दै अनेरास्ववियूका जिल्ला सदस्य सागर थापाले कोरोनाको कहरका बीच विद्यार्थीलाई सिकाई क्रियाकलापमा सक्रीय बनाइ राख्न क्लबले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    त्यस्तै बालोदय आवासीय माविका प्रधानाध्यापक अमृत अर्यालले अहिलेको अवस्थामा गरिएको यस्ता प्रतियोगिताले विद्यार्थीहरुलाई सिकाई क्रियाकलापमा थप क्रियाशिल बनाउने बताउनुभयो ।

    शनिवार, भाद्र २० २०७७०७:४६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend