Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विद्युत सर्ट हुँदा गोठमा आगोलागी, ५ लाख बराबरको क्षति 

विद्युत सर्ट हुँदा गोठमा आगोलागी, ५ लाख बराबरको क्षति 

  • PNN Times
  • शनिवार, भाद्र २० २०७७


  • भदौ २० । वालिङ । स्याङ्जाको वालिङ वडा नम्बर १३ मा आगलागी हुँदा पशु चौपायमा क्षति पुगेको छ । वालिङ नगरपालिका वडा नं. १३ को तल्लो भोर्लेमा विद्युत सर्ट भई आगोलागी हुँदा पशुचौपायमा क्षति पुगेको हो ।

    स्थानीय हरिप्रसाद गैह्रेको गोठमा विद्युत सर्ट भई आगोलागी हुँदा गोठमा रहेको भैँसी र पाडी मरेको छ । शुक्रबार राती १२ः३० बजे आगोलागीको घटना भएको स्थानीयले जनाएका छन् ।

    images

    दुईतले टिनले छाएको गोठमा आगोलागी हुँदा पशुचौपाय सहित ५ लाखको क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष आनन्द पाठकले बताउनुभयो । गोठ पूर्ण रुपमा क्षति भएको छ । 

    शनिवार, भाद्र २० २०७७०७:४८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend