स्याङ्जाको गल्याङमा बोलेरो जिप र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ ।गल्याङ नगरपालिका १ नब्बे भन्ने स्थानमा सोमबार दिउँसो एक बजे
बुटवल बाट पर्वत आउदै गरेको लु २ ख ५२९० नम्बरको बोलेरो जिप र बिपरित दिशाबाट आउदै गरेको ग १५ प ७४४७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृत्यु हुनेमा रुपन्देहिको शुद्धोधन गाउपालिका ५ फर्साटिकरका २७ वर्षिय जितेन्द्र पटेल रहेको प्रहरिले जानकारी दिएको छ ।
घटनास्थलमा प्रहरी पुग्दा मोटरसाइकल चालक गम्भीर अवस्थामा सडक किनाराको नालिमा पुगेको प्रहरिले जनाएको छ । उपचारको लागि गल्याङ नगर अस्पताल पुर्याउदा डाक्टरले मृत्यु भएको घोषणा गरेको प्रहरिले जानकारी दिएको छ ।
दुर्घटनाको कारण खुलिनसकेको तथा बोलेरो जिप,चालक र मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरिले जानकारी दिएको छ ।मृतक मोटरसाइकल चालक कुशल मोटरसाइकल वर्कसप गल्याङमा काम गर्दै आइरहेका थिए ।