Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जीपले ठक्करबाट पाल्पामा एक जनाको मृत्यु

जीपले ठक्करबाट पाल्पामा एक जनाको मृत्यु

  • PNN Times
  • शनिवार, भाद्र २० २०७७


  • इमान सिंह राना ।

    भदौ २०, पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका ५ ताहुँमा जीपले ठक्कर दिँदा शनिबार एक पैदल यात्रीको ज्यान गएको हो ।

    images

    रामपुर आर्य भञ्ज्याङ सडक खण्ड अन्तर्गत रम्भा ५ ताहुँको मुडुली चौपारीमा ना ३ च ८८०८ नम्बरको बोलेरो जीपले रम्भा स्थानीय ६० वर्षीय भुपाल सिंह रानालाई ठक्कर दिएको थियो । आर्य भञ्ज्याङबाट खाद्यान्न लिई रामपुर तर्फ जादै गरेको जीपले दिउँसो करिब साढे ३ बजे अनियन्त्रीत भई पैदलयात्री रानालाई ठक्कर दिएको थियो ।

    जीपको ठक्करबाट गम्भीर घाईते भएका रानालाई उपचारको लागि प्रथमिक स्वास्थ्य केन्द्र, पाल्पामा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

    शनिवार, भाद्र २० २०७७०८:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend