Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मन्दिरबाट ज्ञानको सुरु हुन्छ–नगरप्रमुख खाँण

मन्दिरबाट ज्ञानको सुरु हुन्छ–नगरप्रमुख खाँण

  • गोपाल जिटी
  • शनिवार, चैत्र १९ २०७८


  • मन्दिरबाट ज्ञानको सुरु हुन्छ–नगरप्रमुख खाँण

    चैत्र १९,वालिङ ।वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँडले मन्दिरबाट ज्ञानको सुरुहुने बताउनु भएको छ । वालिङ १० मोहोरियामा नवनिर्मित मोहोरिया कालिका मन्दिर उद्घाटनका अवसरमा शनिबार नगर प्रमुख खाँडले मन्दिरबाट ज्ञानको सुरुहुने बताउनु भएको हो । उहाँले जब हामी मन्दिरमा जान्छौं, त्यहाँ भगवानप्रतिको श्रद्दाभक्तिसँगै गरिएको भजन किर्तनले ईश्वरसँगको सामिप्यता बढाएको अनुभूति गराउने र व्यक्तिलाई अनुशासित बनाउँने बताउनुभयो । नगर प्रमुख खाँडले मन्दिर जानु, पूूजा आराधना गर्नु हाम्रो परम्परा हो र यो सँगै पौराणिक कथा श्रवण तथा अध्ययनले मानिसलाई ज्ञानी बनाउने उल्लेख गर्नुभयो ।

    277472613_505062174444614_5347659381699061422_n.jpg परापूर्वकालदेखि नै रामायण, महाभारत लगायतका पौराणिक कथा सुन्दै आएका छौं, यसबाट हामी सभ्य समाज निर्माणमा ठूलो ज्ञान मिल्ने उहाँको भनाई छ । उहाँले मोहोरिया कालिका मन्दिरको पुनर्निर्माणसँगै यहाँ रहने मात्र नभएर आम नागरिकले आध्यात्मिक ज्ञान सहित आत्म सम्मान गर्ने बानीको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    २०३८ सालमा बनाइएको मन्दिरको अहिले पुनर्निर्माण गरिएको हो । स्थानीय र यहाँबाट बाहिर कार्यरत रहेका व्यक्तिहरुबाट सँकलित रकमबाट  मन्दिर पुनर्निर्माण गरिएको हो भने कूल २७ लाख ३९ हजार ७ सय ९४ रुपैयाँ लागेको मन्दिर निर्माण समितिका अध्यक्ष कमलप्रसाद गैह«ेले जानकारी गराउनुभयो ।

    images

    277463206_664348331288498_4378895315109335472_n.jpg
    यस अवसरमा मन्दिर निर्माणका लागि जग्गादात कल्याण गैह«े र स्वर्गीय सुर्यप्रसाद गैह«ेका परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा ८० वर्ष पुगेका दर्जनभन्दा बढी जेष्ठ नागरिकहरुका साथै आर्थिक सहयोग गर्नेहरुलाई समेत सम्मान गरिएको छ ।
    स्वर्गीय सूर्यप्रसाद गैह«ेकी धर्मपत्नी ८८ वर्षीय शिव गैह«ेबाट रिवन काटेर उद्घाटन गरिएको कार्यक्रम, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद गैह«ेको अध्यक्षता र दीपेन्द्र गैह«ेले सञ्चालन गर्नुभएको थियो ।

    शनिवार, चैत्र १९ २०७८०८:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend