स्याङ्जाको वालिङमा नयाँवर्ष २०७९ का अवसरमा शुभकामना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल स्याङ्जा शाखाले विहिबार पत्रकार भेटघाट तथा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण खांणले पत्रकार समाजको दर्पण रहेको बताउनुभयो । उहाँले पत्रकारले मुलुकलाई अगाडि बढाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गरेका कामहरु जनतामाँझ पु¥याउने र जनतालाई समृद्धितर्फ डो¥याउन योग्य जनप्रतिनिधि चुन्नका लागि पत्रकारले भूमिका खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सचिव राजेन्द्र डुम्रेले २२ वटा जनवर्गाीय संगठन मध्येको प्रेस चौतारी महत्वपूर्ण संगठन भएको भन्दै चौतारीलाई समयसापेक्ष बनाउनका लागि पार्टीले सोही अनुसारको भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा वालिङ नगर इन्चार्ज दिलिपकुमार बगाले, प्रेस चौतारी गण्डकी प्रदेश सचिव गोपाल जिटि, नगर अध्यक्ष शोभाकान्त पौडेल, वालिङ नगरपालिका वडा नं. १ का अध्यक्षका उमेदवार गिरमान गुरुङलगायतले नयाँ वर्षको उमंगसंगै आगामी निर्वाचनमा एमालेको पक्षमा जनमत प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।