Logo

शनिवार, कार्तिक १ गते २०८३

images

इलाका प्रशासन हुवासको उदाहरणीय कार्य  : घरमै गएर नागरिकता वितरण 

इलाका प्रशासन हुवासको उदाहरणीय कार्य  : घरमै गएर नागरिकता वितरण 

  • PNN Times
  • आइतवार, भाद्र २१ २०७७


  • इलाका प्रशासन हुवासको उदाहरणीय कार्य  : घरमै गएर नागरिकता वितरण 
     
    भदौ २१, पैयुँ । पर्वतको पैयुँ गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय हुवासले भिन्न क्षमता भएका व्यक्तिलाई घरमै गएर नागरिकता  वितरण गरेको छ । पैयुँ गाउँपालिका वडा नम्बर ४ बेसिथोक निवासी २२ वर्षकी ख्याम कुमारी विकलाई इलाका प्रशासन कार्यालय हुवासका प्रमुख रविन्द्र पौडेलले घरमै गएर नागरिकता  वितरण गरेका हुन ।

    २२ वर्ष सम्म पनि नागरीकता नबनाएको र नागरिकता  नभएकै कारण सामाजिक सुरक्षा भत्ता बैंक मार्फत पाउन कठिन भएको भन्ने खबर पाएपछि उनको नागरिकता बनाएर घरमै गएर वितरण गरेको प्रमुख पौडेलले जानकारी दिए ।

    "पैयुँ पोष्टसंग कुरा गर्दै पौडेलले पूर्ण रुपमा अशक्त रहेका नागरीक नागरिकता बनाउनको लागि आफै वडामा गएर सिफारिस लिनु पर्ने र त्यसपछि इलाका प्रशासन आएर नागरीकता बनाउनु पर्ने बाध्यता नहोस भनेर नै हामीले उहाँको नागरिकता घरमै गएर वितरण गरेको बताए ।'' 

    घरमै नागरिकता  पाएपछि ख्याम कुमारी निकै खुसी समेत भएकी छन । निजामति सेवा दिवशको अवसरमा घरमै गएर नागरिकता  वितरण गर्न पाउदा आफुलाई पनि खुसी लागेको पौडेलले बताए । 

    निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा  ब्यवहारले सुशाशन र प्रशासन प्रति जनविश्वास रहेने गर्दछ ।
     
    साथै प्रमुख पौडेलले इलाका  प्रशासनको  कार्यक्षेत्र भित्र  रहेका नागरीक कोही पनि पूर्ण रुपमा अशक्त भएर नागरिकता  पाउनबाट बञ्चित भएको भए इलाका  प्रशासनमा खबर गर्न समेत आग्रह गरेका छन । 

    118654661_690832338177978_855205490003169886_n.jpg
    118883256_315192679749026_6033455759945095449_n.jpg
     

    आइतवार, भाद्र २१ २०७७०८:०७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend