Logo

शनिवार, कार्तिक १ गते २०८३

images
त्रिशूली-३ 'ए' को

सुरूङमा फसेका २ जनालाई गरियो जीवितै उद्धार

सुरूङमा फसेका २ जनालाई गरियो जीवितै उद्धार

  • PNN Times
  • शुक्रवार, भाद्र १९ २०८३


  • सुरूङमा फसेका २ जनालाई गरियो जीवितै उद्धार
    त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङबाट २ जनालाई जीवितै उद्धार गरिएको छ। भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई ९ दिनपछि जीवितै उद्धार गरिएको हो। 
     
    सुरूङमा फसेकाहरूको खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् ईन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९:२० बजेसम्म २ जनालाई सुरूङबाट जीवित उद्धार गरिएको हो।
     
    उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन्। उनीहरूलाई सेनाले घटनास्थलमै प्राथमिक उपचार प्रदान गरिरहेका छन्। त्यसपछि सेनाले हेलिकप्टरबाट उनीहरूलाई काठमाडौं ल्याउने तयारी गरेको छ।  सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ।

    शुक्रवार, भाद्र १९ २०८३१०:१२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend