Logo

शनिवार, कार्तिक १ गते २०८३

images

७५० मिटर लामो सिञ्चाई कुलो निर्माण

७५० मिटर लामो सिञ्चाई कुलो निर्माण

  • PNN Times
  • शुक्रवार, बैशाख २ २०७९


  • ७५० मिटर लामो सिञ्चाई कुलो निर्माण
    तोलाकान्त बगाले
    स्याङ्जाको वालिङ ७माभोटेखोरिया बाहुनधारा सिञ्चाई पक्कीकुलो निर्माण गरिएको छ । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो ।गत माघ १० गतेबाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमानिर्माण शुरु गरिएको उक्त योजनागतबिहीबार निर्माण सम्पन्नभएको हो ।
     
    निर्माण सम्पन्नभएको कूलोको आईतबार नगर प्रमुखदिलीपप्रताप खाँणले अनुगमनतथाअवलोकनगर्नुहुँदै यहाँकाकिसानलाई उत्पादनसँगजोड्नकालागिनिक्कै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्तगर्नुभयो । उहाँले उपभोक्ता समिति र स्थानीयको जनश्रमदानबाट निक्कै राम्रो कामभएको छ अबयसको संरक्षण र मर्मतकालागिपनिनगरपालिकाले यसै समितिमार्फत काम अगाडि बढाउने बताउनुभयो ।
    वालिङ नगरपालिकाबाट रु. ३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७लाख ५२ हजार गरी कूल १० लाख ५२ हजार रकमविनियोजन भई निर्माण सम्पन्नभएको प्रधानमन्त्री रोजगार कार्यक्रमप्रमुखपवन बस्यालले बताउनुभयो ।
    ५५० मिटर नयाँनिर्माण गरिएको हो भने २०० मिटर पुरानोलाई मर्मत गरिएको उक्तकुलो कूल७५० मिटर लम्बाईको छ । 
    उक्तकुलो निर्माण सम्पन्नभई सञ्चालनमाआएसँगै २६ घरधुरीकानागरिकहरुले खेतीगर्दै आएको जमिनमा सिञ्चाईको सहजताहुने समितिकाअध्यक्ष टेकबहादुर सार्कीले बताउनुभयो ।

    शुक्रवार, बैशाख २ २०७९०७:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend