Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो, हेलिकप्टरबाट हालियो पानी

शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो, हेलिकप्टरबाट हालियो पानी

  • PNN Times
  • मंगलवार, बैशाख १३ २०७९


  • शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो, हेलिकप्टरबाट हालियो पानी

    १३ वैशाख। शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ ।

    डढेलो नियन्त्रणका लागि हेलिकप्टररबाट समेत पानी हानिएको छ । तर नियन्त्रणमा नआएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

    images
    बुढानिलकण्ठबाट पूर्वतिर तारेभिरको जंगलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो । ‘त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो’ एसपी मैनालीले भने, ‘अहिलेसम्म पनि आगो नियन्त्रणमा नआएपछि फायर लाइन बनाएर आगोलाई थप फैलिन नदिने प्रयास भइरहेको छ ।’

    एसपी मैनालीका अनुसार अहिले साँझ परेकाले हेलिकप्टररबाट पानी हाल्न रोकिएको छ । यसअघि पनि शिवपुरीको जंगलमा आगलागी हुँदा हेलिकप्टररबाट पानी हालिएको थियो ।

    मंगलबार एकैदिन थप दुई ठाउँमा पनि डेढलो लागेको थियो । प्रहरीका अनुसार म्हैपी मन्दिर नजिकैको जंगलमा लागेको आगो दुई वटा दमकल, सोह्रखुट्टे प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

    टोखामा विष्णुमति नदीको मुहानमा रहेको सामुदायिक वनमा पनि आगलागी भएको थियो । तर प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । तीनवटै आगलागीको कारण खुलेको छैन ।

    मंगलवार, बैशाख १३ २०७९०७:३९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend