भदौ २२, पर्वत । पर्वतको कुश्मामा करदाता कार्यालयको स्थापना गरिएको छ । पर्वतको कुश्मामा आन्तरीक राजस्व कार्यालय वाग्लुङको माताहातमा रहने गरी कर दाता सेवा कार्यालय स्थापना गरिएको हो । करदाता कार्यालय स्थापना गरेपछि विगतमा कास्की र वाग्लुङ पुगेर कर तीर्दै आएका करदाताहरुका लागि सहज हुने भएको छ ।
कार्यालयले अन्तशुल्क तथा अन्य व्यवसायिक कर देखि आम्दानी कर लगायतका सबै खाले कर फस्र्योट गराउने जनाएको छ । कार्यालय उद्धघाटन गर्दै प्रमुख जिल्ला अधिकारी शम्भुराज पाण्डेले राज्यले कर तीर्ने वातावरण सिर्जना गराउँदै व्यवसायीलाइृ संरक्षण गर्ने दायित्वको पनि निर्वाह गर्नु पर्ने बताउनुभयो ।
यसैगरी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार शर्माले राज्यले कर मात्रै लिने उद्देश्य राख्न नहुने भन्दै कोभिड १९ले रोकिएका व्यवसाय माथि उठाउन पनि दायित्व राख्नु पर्ने बताउनुभयो । अध्यक्ष शर्माले जिल्लाका साना तथा धेरै व्यवसायहरु मर्कामा परेका कारण राज्यले उचित व्यवस्थापनको लागि पहल गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा आन्तरीक राजस्व कार्यालय वाग्लुङका प्रमुख बुद्धिप्रसाद आचार्यलये गण्डकी प्रदेशमा ४ वटा कर कार्यालय स्थापनाको चरण अन्तर्गत पर्वतमा पनि कर दाता सेवा कार्यलय स्थापना भएको बताउनु भयो । पर्वतमा सात हजार भन्दा बढी व्यवसायी रहेका छन ।