१९ वैशाख । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने बताएका छन् ।
सोमबार गृह मन्त्रालयमा दज्र्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उनले पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गर्ने पनि बताएका छन् ।
संगठनको इन्ष्टिट्युसनल मेमरीलाई प्रविधियुक्त बनाउने र बिदा प्रणालीलाई डिजिटलाइज सिष्टममा लैजाने र आर्थिक पारदर्शिता आफ्नो प्राथमिकतामा रहेको महानिरीक्षक अर्यालले बताए ।