Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जग्गाको कित्ताकाट खुल्यो, खेतीयोग्य जमिन नष्ट हुने चिन्ता

जग्गाको कित्ताकाट खुल्यो, खेतीयोग्य जमिन नष्ट हुने चिन्ता

  • PNN Times
  • मंगलवार, भाद्र २३ २०७७



  • भदौ २२, काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गएको बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ ।

    यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो । भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सा र डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ । यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने छ ।

    images

    मंगलवार, भाद्र २३ २०७७०४:५४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend