Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

पाल्पामा घर जल्दा वृद्धको मृत्यु

पाल्पामा घर जल्दा वृद्धको मृत्यु

  • PNN Times
  • शुक्रवार, बैशाख २३ २०७९


  • २३ वैशाख । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

    images
    सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले घर पूरै जलेर नष्ट भएको छ ।

    आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    शुक्रवार, बैशाख २३ २०७९०८:२९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend