Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा जीप दुर्घटनामा परी १४ जनाको मृत्यु

वालिङमा जीप दुर्घटनामा परी १४ जनाको मृत्यु

  • गोपाल जिटी
  • शुक्रवार, बैशाख ३० २०७९


  • वालिङमा जीप दुर्घटनामा परी १४ जनाको मृत्यु

    वैशाख ३०, वालिङ । शुक्रबार बिहान स्याङ्जाको वालिङ १४ स्थित अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । अर्खलबासबाट मतदानका लागि आँउदै गरेको जीप भित्री सडकबाट झण्डै ४ सय मीटर तल वालिङ हुवास 
    खण्डको सडकमा बज्रिन आईपुगेको थियो ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङको भकुण्डेदेखि ८ किलोमिटरको दुरीमा रहेको अर्खलबासमा बिहान साढे दश बजेको समयमा अनियन्त्रित भई भित्री सडकबाट खस्दा ग २ च ३०२६ नम्बरको जीप दुर्घटना भएको हो ।

    images

    वालिङ १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गर्दा जीपमा सवारमध्ये १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रबीन्द्र खनालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर छन् ।
    प्रहरी प्रवक्ता खनालका अनुसार घाईते हुनेहरुमा वालिङ १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष नखुेको बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको छ । घाइतेमध्येका कुशल कुँवर जीपको छतबाट फालहाल्ने क्रममा खुट्टा भाँचिएको छ । कुँवरसँगै फालहाल्ने मध्येका सङ्गम कुँवरका अनुसार आँफू सहित अरु पाँचजना सकुशल रहेका छन् भने जीप पल्टिन थालेको देख्नेसाथ छतबाट फाल हालेको सँगमले बताए । 
    घाइतेहरुलाई वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारकालागि पोखरा पठाईएको छ । सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेको छ ा उहाँको वालिङमै उपचार भईरहेको छ । सोही मतदान केन्द्रमा मतदान गर्न आउँदै गरेका एउटै गाउँका धेरैको संख्यामा मृत्यु भएपछि अहिले सिख्रे गाउँ नै पूरै शोकमा डुबेको छ ।

    शुक्रवार, बैशाख ३० २०७९०५:०६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend