Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बीपीको सम्झनामा माल्यार्पण तथा प्रवचन

बीपीको सम्झनामा माल्यार्पण तथा प्रवचन

  • PNN Times
  • बुधवार, भाद्र २४ २०७७


  • बीपीको सम्झनामा माल्यार्पण तथा प्रवचन

    भदौ २४, वालिङ् ।  बुधबार नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको १०७ औं जयन्ती मनाईएको छ ।
    कोरोना कहरका कारण सीमित उपस्थितिमा १ सय ७ औं विपी जयन्ती नेपाली काँग्रेस वालिङ ८ को आयोजनामा मनाइएको हो ।
    कार्यक्रममा ज्येष्ठ नागरिक परिषदका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला कार्यवहाक सभापति मुक्तिप्रसाद सुबेदीले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि बीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताउनुभयो ।

    नेता सुबेदीले स्वार्थलाई छाडेर देश र जनताकालागि आँफूलाई उत्सर्ग गर्ने बेला आएकाले महामानव बीपीले देखाएको बाटो हिड्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले अहिले पनि बीपीले प्रतिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्रै पनि नेपाली राजनीतिले ठुलो फड्को मार्ने दाबी गर्नुभयो ।

    images

    कार्यक्रममा काँग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारीले बीपीको बिचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । यसैगरी भीरकोटमा पनि विपी स्मृति दिवस मनाइएको छ । 

    बुधवार, भाद्र २४ २०७७०७:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend