Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा बृहत रक्तदान आयोजना हुने

वालिङमा बृहत रक्तदान आयोजना हुने

  • गोपाल जिटी
  • मंगलवार, जेठ १० २०७९


  • वालिङमा बृहत रक्तदान आयोजना हुने

    १० जेष्ठ,वालिङ ।रोटरी क्लब अफ वालिङले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ रोटरीले यही जेठ १४ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
    गणतन्त्र दिवसका अवसरमा रोटरीले क्षेत्रीय रक्तसंचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिने क्लबले जनाएको छ ।

    281727146_402343968467917_6691756419748407516_n.jpg
    निर्वाचनका कारण सबैको ध्यान निर्वाचन प्रचार प्रसार मतगणना, विजयी ¥यालीलगायत निर्वाचनमै सबै केन्द्रित हुँदा रक्तदान कार्यक्रम सञ्चालन हुन सकिरहेको छैन । रगतको अभाव भईरहेका विषम परिस्थितिमा धेरै भन्दा धेरै रक्त संंकलन गरी अस्पतालमा मृत्युसंँग लडिरहनुभएका विरामीहरुलाई पुनर्जीवन दिने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरिएको क्लबका कोषाध्यक्ष गणेश राउतले जानकारी दिनुभयो ।
    सामाजिक कार्यमा सक्रीय रहेको क्लबले गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित पूmलबारीमा निःशुल्क डायलाईसिस् सेवा प्रदान गरिहेको छ । सेन्टरमा अहिले दुई चरणमा ३७ जनाले निःशुल्क डायलाईसिस गराईरहेका छन । ४८ जनाको क्षमता रहेको सेन्टरमा दक्षिण पर्वत, पाल्पा र स्याङ्जाका मुटुरोगीले सेवा लिईरहेका छन । 

    images

    मंगलवार, जेठ १० २०७९०७:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend