Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

  • PNN Times
  • बिहिवार, जेठ १२ २०७९


  • ५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

    १२ जेठ । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

    तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले बताए ।

    images
    उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।

    पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको थापाले बताए ।

    काठमाडौंमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।  सार्वजनिक घटना अनुसार २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका-१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।

    त्यसपछि अर्कै विद्यालयमा पढिरहेकी छात्रालाई विहे गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिदै जबरजस्ती करणी गरेको भनी पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्याललय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

    ‘होस्टलमा बसेका बेला मेरो छातीमा समस्या देखियो, त्यसको उपचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुभएको थियो’  सामाजिक सञ्जालमा ती किशोरीले भनेकी छन्, ‘बुबाले मलाई प्रिन्सिपलसँग सिधै अस्पताल जान भन्नुभएको थियो, तर उसले अस्पताल लैजानुको साटो मलाई होटल लग्यो ।’

    बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपलले घरपरिवारको पनि विश्वास जितेको उनको भनाइ छ । तर त्यही विश्वासको आडमा अस्पताल लैजान्छु भनेर उनले होटलमा ‘स्कूलको पोशाक च्यातेर बलात्कार’ गरेको पीडितको भनाइ छ ।

    ‘उसले मलाई केही खान भन्यो, मैले मानिन । म डराइरहेको थिएँ, पसिना आइरहेको थियो’ उनले भनेकी छन्, ‘उसले मलाई यता आउ यहाँ गर्मी हुँदैन भनेर कोठातिर जान भनेको थियो, म त्यतिवेला १५ वर्षकी थिएँ ।’

    कोठामा गएपछि उनले ताला ढोका लगाएर जबरजस्ती करणी गरेको उनको भनाइ छ । ‘उसले यसको भिडियो पनि बनाएको थियो र मलाई पटकपटक त्यो भिडियो देखाएर ब्ल्याकमेल गरेको थियो’ उनले भनेकी छन्, ‘एसईई दिउञ्जेलसम्म उसले बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ भेटे पनि मलाई बलात्कार गर्‍यो ।’

     

    बिहिवार, जेठ १२ २०७९०४:०५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend