Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा युरिया मल वितरण

रामपुरमा युरिया मल वितरण

  • PNN Times
  • बुधवार, भाद्र २४ २०७७


  • रामपुरमा युरिया मल वितरण

    सुसिला रेग्मि 

    भदौ २४, पाल्पा । युरिया मलको अभाव भइरहेका बेला पाल्पा रामपुुर नगरपालिकाका कृषकलाई बुधवार तीन स्थानबाट मल वितरण गरिएको छ । विजयपुर कृषि सहकारी संस्थाको व्यवस्थापन तथा खरिदमा रामपुर नगरपालिका संगको समन्वयमा कृषकलाई मल वितरण गरिएको हो ।

    images

    दर्छा हरियाली कृषि सहकारीको कार्यालय रजघराबाट २० बोरा युरिया मल प्रतिव्यक्ति दुई किलो, विजयपुर कृषि सहकारी कार्यालयबाट ४० बोरा प्रतिव्यक्ति दुई किलो, बराह कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति डेढ किलो मल वितरण गरिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा रामपुुर नगरपालिका वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।
    नगरपालिकाका कृषि शाखा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, सहकारीका पदाधिकारी, प्रहरीको रोहबरमा मल वितरण गरिएको हो ।  साल्ट्र टेडिङ्ग कर्पोरेशन कम्पनीको पूर्वी पाल्पाकै एकमात्र आधिकारक बिक्रेता विजयपुर कृषि सहकारीले मल खरिद गरेर वितरण गरेको अध्यक्ष सूर्यप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

    कृषकलाई प्रतिकिलो १८ रुपैयाँका दरले मल वितरण गरिएको हो । पसाउन लागेको धान बालीमा मल राख्न नपाएपछि कृषकलाई समस्या परेको छ । मलको अभाव भएपछि धान उत्पादन घट्ने कृषक चिन्तामा छन् । सहकारीले मल वितरण गर्ने सुचना पाएपछि बिहान ४ वजे देखि नै कृषक कार्यालयमा पुगेका थिए । 

    बुधवार, भाद्र २४ २०७७०८:०९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend