भदौ २५, पैयुँ । च्याउ खेतिको लागि पैयुँका युवा आकर्षित भएका छन । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेल थोकका युवाहरु च्याउ खेतिगर्नको लागि आकर्षित भएका हुन । उनिहरुले च्याउन खेति सम्बन्धि तालिम समेत लिएका छन ।
शिद्धबाबा नमुना कृषि समुहका सदस्य कृषक गणेश भुर्तेलले च्याउ खेति सम्बन्धि तालिम दिएका थिए । सदस्य भुर्तेलले हाल आफ्नै बारीमा च्याउ खेति, टमाटर, लगाय विभिन्न मौसमी र बेमौसमी तरकारी खेति लगाउने र तरकारीका बिउ÷ विरुवा उत्पादन तथा वितरण गर्दै आएका छन ।
उनले हाल दिएको च्याउ खेति सम्बन्धि तालिममा पैयुँ पाँचका युवाहरुको उपस्थिति रहेको थियो । आफुले सिकेको सिप अरुलाई पनि सिकाउन पाउदा खुसी लागेको र आगमी दिनमा पनि आफुले जानेको कुरा सिकाउने कृषक भुर्तेलले बताए ।